शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकता नयाँ उचाईमा पुग्यो : जनार्दन शर्मा

बुधबार, ०४ मङ्सिर २०७६, २३ : ००
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुइ अध्यक्षबीच जिम्मेवारी बाँडफाँडमा सहमति भएपछि सो पार्टीका नेताहरुले स्वागत गरेका छन् । नेकपाको बुधवार बसेको सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यविभाजन गरेका थिए । यो कार्यविभाजनलाई सकारात्मक भन्दै पार्टी एकता प्रकृया नयाँ उचाइमा पुगेको टिप्पणी गरेको पूर्व गृहमन्त्री समेत रहेको जनार्दन शर्मा प्रभाकरले पार्टी र नेताहरुमा एकताको विषयलाई लिएर फाटो उत्पन्न गराउनेहरुलाई गतिलो जवाफ भएका जनाएका छन् । 

बुधबारको सचिवालय बैठकले अध्यक्षद्धय ओली र प्रचण्डबीच कार्यविभाजन भएको थियो । त्यसलगत्तै पार्टी एकताको काममा पहल कदमी गर्दै आएका नेता प्रभाकरले आफ्नो फेसबूक वालमार्फत खुशी व्यक्त गर्दै पार्टी एकता नयाँ उचाइमा पुगेको टिप्पणी गरेका हुन् । बुधबारको सहमति अनुसार ओली पाँच बर्ष प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने उल्लेख छ । 

अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँडपछि यस्तो छ नेता शर्माको धारणाः

कम्युनिस्ट आन्दोलनलाई एकिकृत गर्ने नेपाली जनताको सपना पूरा गर्ने काममा हाम्रा नेताहरुको साहसिक निर्णयबाट नेकपा निर्माण भयो । उक्त निर्णयका आधार तयार गर्ने क्रममा सकारात्मक वातावरण तयार पार्ने जिम्मा पूरा गर्दैगर्दा मलाई धेरैले प्रश्न गरेका थिए– यस्तो मूर्खतापूर्ण कदम किन ? कसैले मेरो बारेमा अध्यक्ष प्रचण्डलाई चुक्ली गरे । कसैले अध्यक्ष केपीलाई फसाएको आरोप लगाए । मलाई थाहा थियो, दुइवटा नेताहरुको सम्पूर्ण वार्तामा म छु र सबै शब्द हेरेको छु, सुनेको छु ।

मलाई मेरा आदरणीय दुबै नेताप्रति विश्वास थियो– शैली र बोलीमा आ–आफ्ना बिशेषता भए पनि आफ्नो वचनमा प्रतिबद्ध छन् । मेरो बिश्वासलाई आजको निर्णयले सावित गरेको छ । यसबाट अध्यक्ष केपी ओलीप्रति मेरो विश्वास थप बढेको छ । यो बीचमा पार्टी भाँड्ने र फूटाउन चाहनेको तमाम खेलमा म पूरै जानकार थिएँ र पार्टी एकता बचाउन मेरो एकजना मित्रसहित रातदिन लागि रहें ।

आज नेताहरुले सबै भ्रमहरु चिर्दै सहमति र समझदारी कार्यन्वयनको नयाँ उचाइमा ल्याउनुभएको छ । यसबाट दुबै अध्यक्षहरुको बीचमा नयाँ विश्वास पैदा भएको मात्र छैन कि एकताले नयाँ उचाइँ हासिल गरेको छ । अध्यक्ष तथा सम्मानित प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको काँधमा आम जनताको जीवनमा खुशीयाली ल्याउन ।
अब समृद्ध नेपाल बनाउने अभियानलाई सफल पार्ने एक कार्यभार मात्र बाँकी छ। बलियो पार्टी र बलियो सरकार यसमा सफल हुनेछ । अध्यक्ष दुबैलाइ एकताको श्रेय युग–युगसम्म जनताले दिनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप