शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

बुधबार, ०४ मङ्सिर २०७६, २३ : ०७
बुधबार, ०४ मङ्सिर २०७६

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनाको घोषणा गरेका छन् । प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजिनामा दिएका हुन् ।

श्रीलङ्का सरकारको सूचना विभागले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षलाई पत्र लेखी पदबाट राजिनामा दिएको जानकारी गराउनेछन् ।
  
विभागले गोतावाय राजापाक्षलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै राजिनामाको घोषणा गरेका हुन् ।
   
गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने उहाँका प्रतिस्पर्धी प्रेमादासाले ५० लाखभन्दा बढी मत प्राप्त गरेका थिए । 
   
विक्रमासिङ्गेको राजिनामापछि राजापाक्षले यसै हप्ताभित्र कामचलाउ सरकारको गठन गर्नुहुने बताइएको छ । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप