केन्द्रीय संस्करण

आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल

person explore access_timeमंसिर ४, २०७६ chat_bubble_outline0
file photo

टोकियो । प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति बनेका छन् ।  उनी सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवेले बुधबारसहित जम्मा दुई हजार ८८७ दिन प्रधानमन्त्रीका हैसियतमा निरन्तर काम गरिसकेका छन् ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजिनामा दिएका थिए । 

यसैबीच, आफ्नो नाममा लामो समय जापानी प्रधानमन्त्रीका रूपमा काम गर्ने इतिहास बनेको सन्दर्भमा बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीमा रहँदा आफूले जापानी मुद्रा स्फीतिलाई अन्त्य गर्ने, समस्याका रूपमा देखिएको जापानको बढ्दो वृद्ध जनसङ्ख्या र घट्दो जन्मदरका साथै संविधान संशोधनलगायतका बिषयमा नीतिगत सुधारका प्रयास गर्ने उनले बताए ।

उनले भने, ‘लिबरल डिमोक्रेटिक पार्टी’को अध्यक्षका रूपमा अझै मेरा लागि दुई बर्ष बाँकी रहेको र यस समयमा नीतिगत आधारमा काम गरी मेरो काँधमा आएको जिम्मेवारीलाई सफल पार्न प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ नेतृत्व सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै उनले भने, ‘जब मैले प्रधानमन्त्रीको नेतृत्व पाएँ, त्यतिवेला कतै चीसो हिउँमा टेकेको अवस्थामा जस्तो निकै असहज महशुस गरेको थिएँ ।’
 
उमेरले पैँसठ्ठी वसन्त पार गरेका आवेले दोस्रो विश्व युद्धपछि सम्बोधन हुन नसकेका कुटनीतिक चुनौतिलाई साम्य पार्न चाहेको पनि बताए । -सिन्ह्वा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.