बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिन्स एन्ड्रू किन शाही दायित्वबाट पछि हटे ?

बिहीबार, ०५ मङ्सिर २०७६, ०८ : ३९
बिहीबार, ०५ मङ्सिर २०७६

ब्रिटेनको शाही परिवारका सदस्य ड्युक अफ योर्क प्रिन्स एन्ड्रूले आफू शाही दायित्वबाट पछि हटिरहेको जानकारी दिएका छन् । जेफरी एपस्टीन मामला शाही परिवारका लागि अशान्तिको प्रमुख कारण भएको बताउँदै आफू पछि हटेको उनले जानकारी दिए ।

५९ वर्षीय प्रिन्स एन्ड्रूले आफूले स्थितीलाई बुझ्दै महारानीलाई आफ्नो कर्तव्यबाट पछि हट्न अनुमती मागेको बताएका छन् ।

उनले भनेका छन्, ‘म यौन शोषणका अभियुक्त जेफरी एपस्टीनको मुद्दाका सबै पीडितलगायत  हरेक ती व्यक्तिप्रति सहानुभूति राख्न चाहन्छु जसले यो मामला न्यायोचित ढङ्गले समाप्त होस् भन्ने चाहन्छन् ।’

ड्युकले अमेरिकी फाइनेन्सर, जेफरी एपस्टीनसँग आफ्नो दोस्तीको विषयमा बीबीसीसँग दिएको एक अन्तर्वार्तापछि उनले अत्यधिक  आलोचनाको सामना गर्नुपरेको थियो ।

मामलाः

पछिल्लो केही महिनादेखि ड्युक, एपस्टीनसँग आफ्नो सम्बन्धको विषयमा विभिन्न प्रश्नको सामना गरिरहेका थिए । एपस्टीनले अगस्टमा सेक्स ट्राफिकिङको आरोपमा मुद्दा खेपिरहेका बेला आत्महत्या गरेका थिए ।

एपस्टीनमाथि आरोप लगाउने महिला भर्जिनिया ग्रिफेले उनलाई तीनपटक प्रिन्स एन्ड्रूसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य बनाएको दाबी गरेकी छिन् ।

ड्युकले लगातार यी आरोप अस्विकार गर्दै आएका छन् ।

बकिंघम प्यालेसले प्रिन्स एन्ड्रूको यो व्यक्तिगत निर्णय बताएको  छ ।

एक बयानमा ड्युकले भने, ‘म जेफरी एपस्टीनसँगको आफ्नो सम्बन्धमाथि अफसोस जताउँछु ।’

उनले भने, ‘उनको आत्महत्याबारे सोधिएका यस्ता प्रश्न अनुत्तरित रहे जसको जवाफ अब केही गरी पनि पाउन सकिँदैन । विशेषगरी यो मामलामा जो पीडित छन् उनका लागि । म हरेक ती व्यक्तिलाई सहानुभूति प्रकट गर्छु जो यसबाट प्रभावित छन् र ती व्यक्तिसँग पनि जो यो मामलाको न्यायपूर्ण अन्त देख्न चाहन्छन् ।’

उनले भने, ‘म यतिबेला आशा मात्र गर्न सक्छु कि भविष्यमा उनीहरुले पुनः आफ्नो जीवनलाई सही ढङ्गले अगाडि बढाउन सकून् । ’

यस्तै बीबीसी संवाददाता डेनिएला रिल्फले उनको हालैको बयान यसअघिको टिभी साक्षात्कारमा दिइएको बयानभन्दा पूर्ण तरिकाले भिन्न भएको र यसमा उनले ती सबै मुद्दालाई सम्बोधन गर्ने कोसिस गरेका छन् जसका लागि उनले आलोचनाको सामना गर्नुपरेको बताएका छन् जसमध्ये पीडितमाथि सहानुभूती व्यक्त गर्नु पनि समावेश छ ।

बीबीसी संवाददाता गगन सबरवालको विश्लेषण

‘गत शनिबार महारानीका कान्छा छोरा प्रिन्स एन्ड्रूले बीबीसीसँग कुराकानी गरेका थिए जसमा उनले आफ्नो र अमेरिकी फाइनेन्सर जेफरी एपस्टीनको दोस्तीमाथि विस्तृत रुपमा कुराकानी गरे । जेफ्री एपस्टीनलाई हालै न्यूयोर्कमा यौन उत्पीडनको मामलामा पक्राउ गरिएको थियो । केही किशोरीले सन् २००२–०५ को क्रममा उनीहरुसँग यौन सम्बन्ध स्थापित गर्नका लागि पैसा दिएको आरोप लगाएका थिए । उनको जमानतको याचिका पनि खारेज भएको थियो । त्यसपछि उनले दबाबमा आएर जेलभित्रै आत्महत्या गरे ।’

‘प्रिन्स एन्ड्रू र एपस्टीनबीचको सम्बन्ध निकै राम्रो भएका कारण यो घटनापछि प्रिन्स एन्ड्रूमाथि पनि दबाब आयो । यतिमात्र होइन, एक युवतीले एपस्टीनले उनलाई प्रिन्स एन्ड्रूसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य बनाएको  र एन्ड्रूसँग उनले तीनपटक यौन सम्बन्ध स्थापित गरेको आरोप लगाइन् । त्यसपछि शाही परिवारलाई निकै दबाब आयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप