बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनका उपप्रधानमन्त्री फर्किएपछि भारतीय प्रधानमन्त्री मोदीले गरे यस्तो घोषणा

शुक्रबार, ०२ भदौ २०७४, २१ : २२
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको चार दिने भ्रमण पूरा गरी स्वदेश फर्किएको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आर्थिक सहयोगको घोषणा गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार टेलिफोन गरी बाढीपीडितका लागि २ सय ५० मिलियन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफूलाई फोन गरी उक्त सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत खुशी ब्यक्त गरेका छन् ।  
 
प्रधानमन्त्री देउवाले समाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट भारतीय समकक्षी मोदीले बाढी–पहिरोबाट प्रभावितहरुका लागि २५० मिलियन सहयोग गर्ने टेलिफोनमा बताएको जानकारी दिएका हुन् । 

प्रधानमन्त्री देउवासँगको टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःखसमेत व्यक्त गरेको पनि देउवाले बताए । 

शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर हालै आएको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारत सरकारको तर्पmबाट २५ करोड रुपैयाँबराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप