शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरमा तिम्ल्याहा शिशुको जन्म

बिहीबार, ०५ मङ्सिर २०७६, १३ : ३७
बिहीबार, ०५ मङ्सिर २०७६

जनकपुर । जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन् ।

मंसिर ३ गते सुत्केरी व्यथा लागेपछि उपचारका लागि ल्याइएकी बजरंगकी पत्नीले बिहीबार बिहान शल्यक्रियामार्फत बच्चा जन्माएको धनुषा अस्पतालले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार तीन वटै शिशुको तौल २ किलोग्राम भन्दा माथि छ ।

प्रत्येक एक मिनेटको अन्तरालमा २ छोरी र १ छोराको जन्म भएको हो । तीन वटा शिशुमध्ये एउटा शिशुको स्वास्थ्य अवस्था केही कमजोर रहेका कारण आईसियुमा राखेर उपचार भइरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप