बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हिजो आजका कुरा’ मा ५ अभिनेत्री

बिहीबार, ०५ मङ्सिर २०७६, १७ : ०९
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । हिरोइन महँगिए भनेर धेरै निर्माता निर्देशक थोरै पारिश्रमिकमा पनि काम गराउन सकिने भन्दै नवअभिनेत्री भित्र्याउन तिर लागि परेका छन् । तर पुराना कलाकार सन्तोष पन्तले भने आफ्नो फिल्म ‘हिजो आजका कुरा’ अहिले चलेका पाँच हिरोइन लिएका छन् ।

गत कार्तिकको अन्तिम साताबाट छायाँकन सुरु भएको ‘हिजो आजका कुरा’मा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की र अनुष्का अधिकारी गरेर पाँच अभिनेत्री नायिकको रुपमा भित्रिएका छन् । फिल्ममा अभिनेत्री केकीले हाँस्यप्रधान भूमिका निर्वाह गर्दैछिन् । फिल्ममा आफ्नो मुख्य भूमिका भएको र आफूलाई दिएको भूमिका मन परेकाले टिमसँग जोडिएको केकीले बताइन् ।

त्यस्तै अभिनेत्री रिमा विश्वकर्माले नेपाल आइडलको होस्ट छाडेको र राम्रो भूमिका भएका कारण फिल्ममा जोडिएको बताउँछिन् । जेविका र अनुष्काले पनि ‘हिजो आजको कुरा’ टिम मन परेर आफुहरु जोडिएको घोषणा कार्यक्रममा बताएका थिए । टिम र फिल्मको कथा राम्रो भएकोले फिल्म पनि राम्रो बन्ने बिश्वास उनीहरुले व्यक्त गरे ।

अभिनेत्री रिचा शर्माले कलाकार सन्तोष पन्त आफ्नो आइडियल भएको कारणल पनि फिल्ममा जोडिएको बताएकी थिइन् । केही साता अगाडि फिल्म घोषणा कार्यक्रममा टिमसँग जोडिन पाउदाको खुसीमा उनले आँसुनै खसालेकी थिइन् । 

अहिले काठमाडौको विभिन्न स्थानमा छायाँकन भइरहेको फिल्मका निर्देशक सन्तोषकै कान्छो छोरो साकार पन्त हुन् । काठमाडौं पछि चितवनको सौराहालगायतको स्थानमा छायांकन गरिने बताइएको फिल्ममा सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहेको छ । 

सन्तोस र रमाको जस्तै फिल्ममा रहेका पाँचै नायिकाको पनि महत्वपूर्ण भूमिका रहेको निर्देशक पन्तले बताए । फिल्मको प्रदर्शन मिति नयाँ वर्षका वैशाख १२ गते तोकिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप