शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकपूर्ण रुपमा मतदान गर्नुस् : नेता सिटौला

बिहीबार, ०५ मङ्सिर २०७६, २० : २९
बिहीबार, ०५ मङ्सिर २०७६

भक्तपुर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उपनिर्वाचनमा जनताहरुलाई सजग भई विवेकपूर्ण रूपमा आफ्नो मत राख्न अनुरोध गरेका छन् । 

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई भोट माग्न विहीबार नगरकोटमा आयोजना गरेको घरदैलो कार्यक्रममा उनले काँग्रेसले मात्रै लोकतन्त्रको संरक्षण गर्न सक्ने दाबी गरे ।

सिटौलाले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै काँग्रेसले मात्रै जनता र लोकतन्त्रको पक्षमा काम गर्न सक्ने जिकिर गरे । उनले काँग्रेसका उम्मेदवारलाई मतदान गरी लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको विकासका लागि काँग्रेसका उम्मेदवार सक्षम भएको जिकिर गरे ।

 त्यसअवसरमा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीलगायतले प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको रिक्ततालाई काँग्रेसका उम्मेदवार भडेलले पूरा गर्ने बताए । 

नेविसङ्घ पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले आफ्नै अगाडिको कमलविनायक–नगरकोट सडकखण्डको दुरावस्थाले नै नेकपाको विकास र समृद्धिको नारालाई उदाङ्गो पारेको बताउँदै दोहो¥याएर नगरकोटका जनतालई गल्ती नगर्न सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप