बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपालाई मत नदिएकोमा पछुतो लाग्ने गरी काम गरेर देखाउछौं :  मुख्यमन्त्री पोखरेल

बिहीबार, ०५ मङ्सिर २०७६, २० : ५९
बिहीबार, ०५ मङ्सिर २०७६

बुटवल  । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको र ती अधिकारको व्यवहारिक कार्यान्वयनका लागि राज्यलाई बलियो बनाउनुपर्ने बेला आएको बताएका छन् ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित आमसभामा उनले बलियो राज्यले मात्रै संविधानमा व्यवस्था गरिएका नागरिक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्न सक्ने बताए ।

नागरिक अधिकारको व्यवहारिक कार्यान्वयनको यतिखेर तिनै तहका सरकार सक्रियतापूर्वक लागिरहेको उनको भनाइ थियो । उनले दुई ठूला कम्युनिष्ट पार्टी चुनाव जित्न र सरकार बनाउनका लागि मात्रै नभएर जनआकांक्षा पूरा गर्ने मिशनका साथ एकता भएको स्पष्ट पारे।

‘तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेपछि विरोधीहरुले कार्यान्वयन हुन्न भने, हामीले कार्यान्वयन ग¥यौ,पार्टी एकता हुन्न भने, हामीले पार्टी एकता गरेर देखायौं, सरकारले केही काम गरेन् भन्ने भ्रम फैलाइएको छ, यो सरकारले जनताको जीवनमा परिवर्तन हुने गरी काम गरेर देखाउदैछ,’ उनले भने ।


 विरोधीहरुले सधैं भ्रम छर्ने काम गर्ने र ती भ्रमबाट मुक्त भएर अघि काम गर्दो रहेछ भनेर देखाउने बताए। ‘मत नदिएका व्यक्तिलाई पनि मत नदिएको पछुतो लाग्ने गरी काम गरेर देखाउछौं,’उनले भने । 

जनताले तिरको करबाट विनियोजन भएको विकास बजेटमा कसैले लोभ गर्न नहुने बताए ।

सदरमुकाम विवादमा नफसौं

उनलेरुकुम पूर्वका जनतालाई सदरमुकाम विवादमा नफस्न आग्रह गर्दै यो झगडा जनताको नभई नेताको भएको बताए। उनले भने ,‘अहिले सदरमुकाम विवाद संवैधानिक अदालतमा छ, अदालतले जे फैसला गर्छ, त्यसलाई स्विकार गरौं, सदरमुकाम हुने ठाउँको विकास स्वभाविक ढंगले हुन्छ, अदालतले फैसला गरेपछि जहाँ सदरमुकाम हुन्न, त्यहाको विकासको जिम्मा प्रदेश सरकारले लिन्छ, तपाईहरु ढुक्क हुनुस् ।’ 

पूर्वाधार विकासले अब रुकुमले पछि परेको महशुस गर्ननपर्ने बताए।

अर्गानिक जिल्ला बनाउन आग्रह

मुख्यमन्त्री पोखरेलले सर्वदलीय छलफलमा रुकुम जिल्लालाई अर्गानिक उत्पादन जिल्लाको रुपमा विकास गर्न सबै मिलेर अघि बढ्न आग्रह गरे । 

अर्गानिक उत्पादनका लागि प्राविधिक र बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए  उनले चुनवाङ–रुकुमकोट सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सबै मिलेर  अघि बढ्नुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप