सागको ओलम्पिक टर्च सातै प्रदशेमा
काठमाडौं । नेपालमा मंसिर १५ गतेदेखि सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातवटै प्रदेशका मुख्य शहरमा पु¥याइने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च ¥यारी गर्न लागेको हो । टर्च ¥यारी सुक्रबार काठमााडैंको स्वयम्भूबाट सुरु हुनेछ ।
राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन खेलाडीलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि १३ जना ओलम्पियन खेलाडीले देशभर टर्च पु¥याउने र बिभिन्न शहरका टर्च ¥यालीको आयोजना गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बताए ।
¥यालीमा नेपालका चर्चित ओलम्पियन बैकुण्ठ मानन्धर, दिपक बिष्ट, जीतबहानदुर केसी, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, ज्ञान बहादुर बोहोरा, टिकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजु, मुकुन्दहरी श्रेष्ठ र दीपक श्रेष्ठ रहने छन् ।
नौ दिनसम्म चल्ने ¥याली सागको उद्घाटनको दिन मंसिर १५ गते अपरान्ह दशरथ रंगशालामा आएर सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै