शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

बिहीबार, ०५ मङ्सिर २०७६, २२ : ३९
बिहीबार, ०५ मङ्सिर २०७६

डोल्पा । उपल्लो डोल्पाबाट गर्भवतीको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । शे–फोक्सुण्डो गाँउपालिका–८ रिग्मोकी ३० वर्षीया टसीमिन्डित रोकायाको उद्धार गरिएको हो । 

सुत्केरी हुन नसकेपछि रोकायाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए । तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी  रोकायाको बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको उनका श्रीमान् पूर्वातुण्डुप बैजीले बताए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको हो । यस साता फोक्सुण्डोको रिग्मोबाट दुई गर्भवतीको उद्धार गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप