बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती सेवामा पहिलो पटक आठ आधारभूत सिद्धान्त

शुक्रबार, ०६ मङ्सिर २०७६, ०७ : ३६
शुक्रबार, ०६ मङ्सिर २०७६

निजामती सेवाको सञ्चालनमा पहिलोपटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ को दफाबार छलफलका क्रममा आधारभूत सिद्धान्तको व्यवस्था  गर्ने सहमति जुटेसँगै ऐनमा ८ आधारभूत सिद्धान्त समेटिने भएका छन् । 

ती आधारभूत सिद्धान्तमा निजामती सेवाको गठनमा योग्यता प्रणालीमा निष्पक्ष छनोट, समावेशी र समान अवसर, स्वस्च र राजनीतिक तटस्थता, इमानदारिता र सदाचारिता, निष्पक्षता र जवाफदेहिता, अनुशासित, उत्तरदायी र नतिजामुखी सेवा, मितव्ययिता, कार्यदक्षता र पारदर्शिता, सेवाप्रतिको प्रतिबद्धता लगायत रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप