मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका स्टार जसले ‘डिभोर्स’पछि भेटे सही जीवनसाथी

शुक्रबार, ०६ मङ्सिर २०७६, ११ : ५७
शुक्रबार, ०६ मङ्सिर २०७६

मनोरञ्जनको क्षेत्रलाई पेशाको रुपमा अंगालेका धेरैको वैवाहिक तथा प्रेम सम्बन्धमा खटपट पैदा हुने गरेको पाइन्छ । दशौं वर्षसम्म वैवाहिक सम्बन्ध र प्रेममा रहेर पनि छुट्टिएका थुप्रै उदाहरण बलिउड, हलिउड तथा नेपालकै सन्दर्भमा पनि भेट्न सकिन्छ ।

मनोरञ्जनको क्षेत्रमा लागेका प्रायः को सम्बन्धमा दरार आएपनि कतिपयले पहिलो सम्बन्ध सकाएपछि पुनः सही जीवनसाथी चुनेका केही उदाहरण पनि छन् । 

जस्तो, बलिउड अभिनेता अर्जुन रामपाल र मेहर जेसिकाले २१ वर्षको वैवाहिक जीवनलाई समाप्त गरे । त्यसपछि अर्जुनले आफ्नी प्रेमिका मोडल ग्याब्रएलासँग विवाह गरे । अर्जन र ग्याब्रएलाको एउटा छोरा पनि छन् । 

महान लेखक तथा गीतकार जावेद अख्तर र शबाना आजमीको जोडी आज पनि चर्चामा रहने गर्छ । तर थोरै मात्रै मानिसलाई थाहा होला शबाना अख्तरकी दोस्रो पत्नी हुन् । उनले पहिलो विवाह हनी इरानीसँग गरेका थिए । उनीहरुको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो । 

बलिउडका चर्चित अभिनेत्री किरण खेरले सन् १९८५ मा अनुपम खेरसँग विवाह गरेकी थिइन् । तर उनको त्यो विवाह दोस्रो विवाह थियो । पहिलो विवाह उनले गौतम बेरीसँग गरेकी थिइन् । उनको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो ।

बलिउड अभिनेत्री श्रीदेवी र बोनी कपूरको सुन्दर जोडी धेरैलाई उदाहरणीय थियो । तर, बोनी कपूरले आफ्नी श्रीमती हुँदाहुँदै श्रीदेवीसँग विवाह गरेको हल्लाले उनी आलोचनाको सिकार भएका थिए । 

हिन्दी चलचित्रका ‘मिस्टर पर्फेक्सनिस्ट’ अमिर खानले किरण रावसँग दोस्रो विवाह गरेका थिए । अमिर खान र रीना दत्ताबीच सम्बन्धविच्छेदपछि किरणसँग विवाह गरेका थिए । अहिलेपनि यो जोडी निकै चर्चित छ ।

बलिउडमा अर्को सफल जोडीको रुपमा लिइन्छ करीना–सैफको जोडीलाई । करीना र सैफले २०१२ मा विवाह गरेका थिए । करीना सैफकी दोस्री पत्नी हुन् । उनले १० वर्ष कान्छी करीनासँग विवाह गरेका थिए । तर यो जोडी बलिउडमा निकै दमदार छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप