बेइजिङमा राष्ट्रपति सि र आइएमएफका प्रवन्ध निर्देशकबीच भेट
एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेटवार्ता भएको छ । हाल चीन भ्रमणमा रहेका प्रबन्ध निर्देशक जर्जियभा र राष्ट्रपति चिनफिङबीच शुक्रबार बिहान बेइजिङमा भेट भएको बताइएको छ ।
त्यस अवसरमा राष्ट्रपति सिले प्रबन्ध निर्देशक जर्जियभाले चीनको पहिलो पटक भ्रमण गर्नुभएको भन्दै स्वागत गरेका हुन् । त्यस अवसरमा चिनियाँ राष्ट्रपति सिले हाल संसारमा आर्थिक वृद्धिमा कमी आइरहेको बताउँदै यसका कारक तत्वका रुपमा रहेका विभिन्न अवस्था र कारणहरुको विश्वले एक भएर सामना गर्नुपर्ने बताए ।
विश्वमा हाल वहुराष्ट्रिय विकास र स्वतन्त्र व्यापारका क्षेत्रमा चुनौतीहरु थपिएका छन् भन्दै यसबाट संसारका देशहरुले बुझ्नुपर्ने धारणा राख्नुभएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । त्यसैले विश्वका देशहरुले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिरहेको धारणा राष्ट्रपति चिनफिङले व्यक्त गर्नुभएको पनि सो समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा