शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कास्की– २ मा केन्द्रित : देउवादेखि गगनसम्म जुटे शक्ति प्रदर्शनमा

पार्टी प्रवक्ता मौनअवधिअघिसम्म फिल्डमै खटिने
शुक्रबार, ०६ मङ्सिर २०७६, १५ : ००
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आज (शुक्रबार) प्रतिनिधिसभा कास्की– २ मा शक्ति प्रदर्शनको तयरीमा छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की–२ का काँग्रेस उम्मेदवार खेमराज पौडेलका पक्षमा चुनावी माहोल ‘क्रिएट’ गर्ने पार्टी सभापति शेरबहादुर देउवादेखि चर्चित नेता गगन थापासम्म पोखरा पुगेका छन् ।

काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीका अनुसार आज दिउँसो ४ बजे पार्टी सभापतिसहितका नेताको उपस्थितिमा भव्य चुनावी र्याली गरिँदै छ ।

उक्त र्यालीमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, संसदीय दलका प्रमुख सचेकतख बालकृण खाँण, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. रामशरण महत, गगन थापा, डा. मिनेन्द्र रिजाला, धनराज गुरुङ, सीता गुरुङ र जीवन परिवार लगायतको उपस्थिति रहने छ । भोलि ७ गते बिहानको चुनावी अभियानमा उनीहरुको उपस्थिति रहनेछ ।

उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि नै पोखरा पर्कि सकेका थिए ।  कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्तामा कार्यक्रममा उपसभापति विमलेन्द्र निधि पोखरा पुगेका थिए ।

उम्मेदवारी दर्तालाई पनि काँग्रेसले शक्ति प्रर्दशनकै गरेको थियो । त्यसपछिगत शनिबार पोखरा महानगरपालिका – ११ को घरदैलो तथा कोणसभामा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी भएका थिए । सोही दिन केन्द्रीय सदस्य डिला संग्रौला पनि घरदैलोमा सहभागिता जनाएकी थिइन् ।

यता भ्रातृ संस्था नेविसंघ र तरुण ददका प्रतिनिधि पनि पोखरामा केन्द्रित छन् ।

नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महर र तरण दलका निवर्तमान महामन्त्री भुपेन्द्रजंग शाही पनि केही दिन पहिले घरदैलो कार्यक्रममा सहभागी भएर फर्किका थिए ।

पौडेलका पक्षमा मत माग्न काँग्रेसका शीर्ष नेताहरु पनि पोखरामा केन्द्रित भएको पाइन्छ ।

डा. रिजाल सुरुदेखि र गगन थापा केही दिन कास्की–२ को घरदैलो कार्यक्रममा ब्यस्त रेहको जिल्ला सभापति केसीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार काँग्रेसले कास्की – २ का  प्रत्येक वडामा एक चरणको घरदैलो कार्यक्रम पुरा गरेको छ । ठूला चुनावीसभा भन्दा प्रत्येक वडामा कोणसभालाई प्राथमिकता दिएको केसीको भनाइ छ ।

पहिलो चरणको प्रचारप्रसार सकिएसँगै दोश्रो पटक पुनः घरदैलो अभियानमार्फत् मतदाता कहाँ पुग्ने तयारी भइरहेको उनले बताए ।

चुनावी माहोललाई थप सशक्त बनाउन यही ९ र १० गते केन्द्रीय नेताहरुको उपस्थितिमा शक्ति प्रदर्शन कार्यक्रम तय गरिएको छ । सो कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि उपस्थित हुने छन् ।

प्रखर वक्तता  शर्मा र नेता थापालाई अधिकतम समय कोणसभामा सहभागि गराउने पार्टीको तयारी रहेको केसीले बताए । थापा भोलि बाग्लुङ पर्किने छन् भने मंसिर ९, १० र ११ गते शर्माले मा हुने चुनावी कोणसभालाई सम्बोधन गरिइने छ ।

शर्माले मौन अवधिसम्म कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यता निर्वाचन आयोगले मंसिर १२ गतेबाट मौन अवधि सुरु हुने सूचना जारी गरिसकेको छ ।

घरदैलो प्रचारका क्रममा सरकारप्रति जनताको आक्रोश व्यक्त हुने गरेको कास्की काँग्रेसका सभापति केसीले बताए । सरकारप्रति जनताको वितृष्णा बढेको जनाउँदै केसीले भने,‘निर्वाचन क्षेत्रका जनतामा आक्रोश र निराशा व्याप्त छ। हामीले उठाएको उम्मेदवारको निष्ठा र काँग्रेसका सबै नेता कार्यकर्ता एकढिक्का भएकाले चुनाव जित्छौँ ।’ गृह जिल्लाका नेताहरु पनि सक्रिय रुपमा खटेका छन् । पार्टी पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता विरेन्द्रनरायण विजुक्छे, जिल्ला सभापति केसी, सांसद विन्दा राना लगायत पनि घरदैलो अभियानमा लागेका छन् ।

काँग्रेसले कास्की–२ भित्रका ११ वटै वडामा चनावी कमाण्डर खटाएर अभियान जारी राखेको छ । वडामा खटिएका कमाण्डरहरूले पार्टीका सबै भातृ तथा शुभेच्छुक संगठनलाई चुनावमा परिचालन गरेका छन् । यो निर्वाचन क्षेत्रमा सत्तारुढ दल नेकपाले पूर्वमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उठाएको छ भने चुनावी प्रतिस्पर्धामा २१ जना छन् ।

काँग्रेसको प्रमुख निशाना नै नेकपा बनेको छ । गणितीय हिसाबले पनि नेकपा र काँग्रेस नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटेर कास्की–२ निर्वाचन क्षेत्र बनाइएको छ । यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ नम्बर वडाहरु पर्दछन् ।

संघीय संरचनाका क्रममा तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ र ३ का केही स्थानहरू समावेश गरी हालको कास्की–२ निर्वाचन क्षेत्र बनाइएको छ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा काँग्रेसले ४, ९ र ११ वडामा विजयी भएको छ । गत निर्वाचनमा भन्दा यसपटक एक हजार १ सय ७० मतदाता थपिएका छन् ।

उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या ७१ हजार ८२१ पुगेको छ । यसअघि ७० हजार ६५१ मतदाता थिए । गत संसदीय निर्वाचनमा ४९ हजार ९१३ मत खसेको थियो ।  जसमा स्वर्गीय अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने काँग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप