शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच लाख घुससहित मालपोत कार्यालय सिरहाका अधिकृत पक्राउ

शुक्रबार, ०६ मङ्सिर २०७६, १५ : ०७
शुक्रबार, ०६ मङ्सिर २०७६

सिरहा ।  भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ५ लाख घुससहित अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीबाट लिएको नगद पाँच लाखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीको टोलीले कार्यालयबाटै मण्डललाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको फाईल उच्च अदालत जनकपुरको राजविराज कार्यालय पठाउन रकम माग गरेको सूचनाको आधारमा खख्तियार टोली त्यहाँ पुगेको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । टोलीले निमित्त प्रमुख मण्डललाई घुसवापत लिएको रकमसहित कार्यकक्षमा नै नियन्त्रणमा लिएको हो । मण्डललाई अहिले अख्तियार कार्यालय वर्दिवास लगिएको छ । 

यसअघि पनि मालपोत कार्यालय सिरहका प्रमुख अधिकृत ज्ञानराज लम्साललाई ४० हजार घुससहित अख्तियारले पक्राउ गरेको थियो । उनले सिरहा नगरपालिका १३ मल्हनिया गम्हरियाका दिपु साहसँग ४० हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा अख्तियारले नियनन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप