शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कानुनका विद्यार्थी : ट्राफिक स्वयम्सेवक

शुक्रबार, ०६ मङ्सिर २०७६, १५ : ३६
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम् सेवकका लागि कानून सङ्कायका विद्यार्थी परिचालन गर्ने भएको छ । 

युवा स्वयम् सेवकको परिचालन गरी ट्राफिक व्यवस्थापनमा सुधार गर्ने र नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने उद्देश्यसहित विद्यार्थीलाई परिचालन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरु ट्राफिक स्वयम्सेवकको रुपमा परिचालन हुने बताए । 

अभियानमा ३ सय ५५ जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालित हुने छन् । ट्राफिक प्रहरीले परिचालन हुने विद्यार्थीहरुलाई शुक्रबार एक दिने प्रशिक्षण समेत दिएको छ ।

ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप