शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीका समस्या तत्काल समाधान गरिन्छ: मन्त्री नेम्वाङ

शुक्रबार, ०६ मङ्सिर २०७६, १६ : २०
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा मन्त्री नेम्बाङले सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमाथि अध्ययन गरी व्यवसायीहरुको समस्या समाधान गर्ने बताएका हुन् ।

कुनैपनि नीति निर्माण गर्दा वैज्ञानिक ढंगले गरिने भएकाले व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको समेत उनले बताए । निर्माण व्यवसायीहरुले नवनियुक्त मन्त्री नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमालीको आठौं संशोधनपछि आफुहरु कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

उनीहरुले बैंक क्रेडिट राख्नु पर्ने व्यवस्थामाथि पुर्नविचार गर्नसमेत आग्रह गरेका छन् । निर्माण व्यवसायीहरुले एकसाता देखि सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनले व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न मागसहित आन्दोलन गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप