शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रभु बैङ्कका सम्पूर्ण कर्मचारीको तलब बराबर सीईओको तलब, बुझे २ करोड २९ लाख

शुक्रबार, ०६ मङ्सिर २०७६, १६ : ५१
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । प्रभु बैङ्कका सीईओ अशोक शेरचनले २ करोड २९ लाख तलब बुझेका छन् । सीईओ शेरचनको यो तलब कर्मचारी बोनस, तलब भत्ता, दसैं तथा विदा बापतको रकम हो । तलब बाहेक शेरचनलाई बैंकले इन्धन र मर्मत सम्भार खर्चसहित सवारी साधन उपलब्ध गराएको छ ।

त्यस्तै, सीईओ शेरचनले दुर्घटना बीमा, औषधोपचार बीमाका साथै आफ्नो परिवारका सबै सदस्यहरुका लागि समेत औषधोपचार बीमा सेवा पाएका छन् । शेरचनले गत आर्थिक वर्षको तलब बापत २ करोड २९ लाख ८९ हजार तलब लिएका हुन् ।

यी सेवा तथा सुविधा बैङ्कका अन्य पदाधिकारीहरुका लागि पनि प्रदान गरिएको बैङ्कले जनाएको छ ।

यी बाहेक सञ्चालक समितिको बैठक वापत अध्यक्षलाई प्रति बैठक १२ हाजर, सञ्चालक सदस्यहरुलाई १० हजारका दरले प्रदान गरिएको बैङ्कले बताएको छ । यसैगरी, उपसमितिमा सहभागि सञ्चालक समितिका सदस्यहरुलाई १० हजारका दरले बैठक भत्ता समेत उपलब्ध गराएको बैङ्कले जनाएको छ ।

तलब भत्ता बाहेक सञ्चालक समितिको अध्यक्षलाई पत्रपत्रिका तथा टेलिफोन अर्च वापत प्रतिमहिना ११ हजार रुपैयाँ र अन्य सदस्यहरुलाई मासिक जनही १० हजार समेत बैङ्कले उपलब्ध गराएको छ । यी शीर्षकमा मात्र प्रभु बैैङ्कले गत आर्थिक २०७५÷७६ मा कुल ३० लाख ८४ हजार खर्च गरेको छ ।

बैङ्कका अन्य कर्मचारी तथा पदाधिकारीहरुको तलब भने वार्षिक २ करोड ३१ लाख ५ हजार मात्र खर्च भएको छ ।

बैङ्कले चालु आर्थिक बर्षको पहिलो तिन महिनासम्म १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको छ  भने ९५ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैङकको निस्कृय कर्जा अहिले ३.३२ प्रतिशत रहेको छ ।

सीईओसहित बैंकका अन्य पदाधिकारीहरुको तलब

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप