बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिपी स्मृति अस्पतालको अध्यक्षमा डा. केसी

शनिबार, ०७ मङ्सिर २०७६, १९ : ५८
शनिबार, ०७ मङ्सिर २०७६

काठमाडौं । बिपी स्मृति सहकारी अस्पताल लिमिटेड वसुन्धराको अध्यक्षमा पुनः डा केदारनरसिंह केसी चयन भएको छन् । अस्पतालको आज सम्पन्न १२औँ वार्षिक साधारणसभाले डा केसीलाई आगामी चार वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो ।

कार्यक्रममा अध्यक्ष केसीले अस्पतालले आगामी दिनमा न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको उपचार थाल्ने योजना रहेको बताए । उनले स्थापनाको १२ वर्षमा अस्पतालले आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्नेदेखि रु २५ करोड बराबरको चल÷अचल सम्पत्ति जम्मा गरेको बताए । अस्पतालमा करीब ६०० शेयर धनी रहेका छन् ।

महेन्द्रनारायण निधि अस्पतालमा रक्तदान

यसैबीच नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा महेन्द्रनारायण निधि मेमोरियल अस्पताल वसुन्धरामा रक्तदान गरिएको छ । 

नेपाली काङ्ग्रेसको भ्रातृ संस्थाका रुपमा रहेको सङ्घले आज सामाजिक कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सङ्घका अध्यक्ष ओम थापामगरले सङ्गठन विस्तारसँगै सामाजिक कार्यमा पनि मगर सङ्घलाई सक्रिय बनाउनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

सो अवसरमा १०० भन्दाबढी व्यक्तिले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यले अस्पतालको संयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप