शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनले पार्टीलाई पुनःपुष्टि गर्नेछ : महासचिव पौडेल

शनिबार, ०७ मङ्सिर २०७६, २० : ११
शनिबार, ०७ मङ्सिर २०७६

बाग्लङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेता पौडेलले अघिल्लो चुनावमा नेकपालाई जनताले दिएको मतलाई अहिलेको उपनिर्वाचनले पुनः पुष्टि गर्ने बताए । 

नेता पौडेलले ढोरपाटनलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै त्यसका लागि नेकपाको सरकारले सकारात्मक पहल गर्ने बताए । उनले नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रलाई नेपालकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।

नेता पौडेलले बागलुङ पश्चिम क्षेत्रको विकासको जिम्मा वाम गठबन्धनलाई दिन मतदातालाई आग्रह गरे । 

सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीले आफै उत्पादन गरी स्वाभिमानी नेपाली बन्न आग्रह गरे । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा देखाएको अडानका कारण अघिल्लो सरकारमा आफू समावेश भएको बताए ।

अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप