बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ हरायो, इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै

आइतबार, ०८ मङ्सिर २०७६, ०८ : ४९
आइतबार, ०८ मङ्सिर २०७६

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । लिभरपुलको जितमा साडियो माने र रोबर्टाे फिर्मिनोले गोल गरे । क्रिस्टलका विलफ्रेड जाहाले गोल गरे ।

मानेले ४९औं मिनेटमा गोलगर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि जाहाले ८२औं मिनेटमा गोल गर्दै खेललाई बराबरमिा ल्याए । खेल सकिन पाँच मिनेट बाँकी छँदा फिर्मिनोले गोल गर्दै लिभरपुलको जित पक्का बनाए । जितसँगै शीर्ष स्थानमा रहेको लिभपुलले १३ खेलबाट ३७ अंक बनाएको छ ।

१५ अंक बनाएको क्रिस्टल १५औं स्थानमा छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको २९ अंक छ । शनिबार रातिनै भएको खेलमा लेस्टरले ब्राइटोनलाई उसैको मैदानमा २–० गोलले हरायो । लेस्टरको जितमा एओएन परेजले ६४औं र जिम भार्डीले ८२ औं मिनेटमा गोल गरेका थिए । लेस्टरसँग हारेको ब्राइटोन १५ अंक सहित १२औं स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप