बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटीले चेल्सीलाई २–१ गोलले हरायो

आइतबार, ०८ मङ्सिर २०७६, ०९ : २८
आइतबार, ०८ मङ्सिर २०७६

साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा सिटीमाथि रोचक जित निकालेको छ । शनिबार राति भएका प्रतिस्पर्धात्मक खेलमा सिटीले चेल्सीलाई २–१ गोलले हरायो ।

घरेलु मैदानमा सिटीलाई जिताउन केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एन्गोलो कान्टेले गोल गरे । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको थियो । खेलमा सुरुवाती अग्रता चेल्सीले लिएका थियो । २१औं मिनेटमा कान्टेले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, चेल्सीको अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डि ब्रुयनले बराबरी गोल फर्काए ।

३७औं मिनेटमा रियाद महारेजले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । त्यही गोलनै सिटीको लागि निर्णायक बन्यो । दोस्रो हाफमा दुवै टोलीले मौका पाएपनि गोल गर्न सकेनन् । जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १३ खेलबाट २८ अंक बनाएको छ । २६ अंक बनाएको चेल्सी चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३७ अंक पुगेको छ ।

प्रिमियर लिगमा शनिबार राति भएको अन्य खेलमा वल्भ्सले बर्नमाउथलाई २–१, नर्विच सिटीले एभर्टनलाई २–० र बर्नलीले वाटफोर्डलाई ३–० गोलले हराएको छ । अर्को खेलमा आर्सनल र साउथह्याम्पटन २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप