शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिगुइनको दुई गोलमा युभेन्ट्स विजयी

आइतबार, ०८ मङ्सिर २०७६, ०९ : ३१
आइतबार, ०८ मङ्सिर २०७६

गोन्जालो हिगुईन ले दुई गोल गरेपछि साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा एट्लान्टामाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई उसैको मैदानमा ३–१ गोलले हरायो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता एट्लान्टाले लिएको थियो । ५६औं मिनेटमा रोबिन गोसेन्सले गोल एट्लान्टालाई अग्रता दिलाए । ७४औं मिनेटमा हिगुईनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८२औं मिनेटमा हिगुईनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

जितसँगै शीर्ष स्थानको युभेन्ट्सले १३ खेलबाट ३५ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको एट्लान्टाको २२ अंक छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३४ अंक छ । शनिबार रातिनै भएको खेलमा इन्टरले टोरिनोलाई ३–० गोलले हरायो । अर्को खेलमा नापोली र एसी मलिानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप