बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोना हमलाका मुख्य संदिग्ध १७ वर्षे मौसा मारिए

शनिबार, ०३ भदौ २०७४, ०९ : ३८
शनिबार, ०३ भदौ २०७४

बीबीसी

बार्सिलोनामा बिहिबार साँझ भ्यानमार्फत गरिएको हमलाका मुख्य संदिग्ध मौसा औकाबिर मारिएको बताइएको छ । मौसाको पहिचान ती पाँच संदिग्धमध्ये गरिएको छ जो केम्ब्रिल्समा पुलिस कारवाहीको क्रममा मारिएका छन् ।

पुलिसले योभन्दा अघि मौसा र अन्य तीनजनाको खोजी भइरहेको जानकारी दिएको थियो ।

बार्सिलोनामा बिहिबार जुन भ्यानमार्फत हमला गरिएको थियो, उक्त भ्यानलाई मौसाले नै चलाइरहेको अनुमान लगाइएको छ ।

पुलिसका अनुसार संदिग्ध हमलाकर्ता कुनै ठूलै हमलाको तयारीमा थिए तर त्यसका लागि आवश्यक सामान नभएका कारण भ्यान हमलाको सजिलो बाटो चुनेका हुन् ।

क्याटलन पुलिसका अनुसार पछिल्लो बुधबार अल्कनार शहरमा एक धमाका भएको थियो जसमा हमलाका लागि सम्भावित बिस्फोटक पदार्थ नष्ट भएका थिए ।

मौसा औकाबिरको उमेर  १७ वर्ष बताइएको छ जो क्याटलनको शहर गिरोनामा बस्दथे । उनका साथै बाँकी संदिग्ध मोरोक्को मूलका थिए ।

मौसाले आफ्नो भाइको कागजात देखाएर हमलाका लागि भ्यान भाडामा लिएको अनुमान गरिएको छ ।

केम्ब्रिल्स शहरमा पनि उनीहरुले भ्यानमार्फत हमला गरेका थिए जसमा एक महिलाको मृत्यु भएको थियो ।

तर हमलाकर्ताको गाडी पल्टियो र त्यसपछि बाहिर निस्किएर मानिसहरुमाथि गोली चलाउन सुरु गरेका थिए ।

पुलिसले १८ वर्षका सैद आला र २४ वर्षीय मोहम्मद हाइक्यामीको पनि पुलिस कारवाहीमा मृत्यु भएको जानकारी दिएको छ ।

त्यस्तै चौथो संदिग्ध यूनुस अब्दुयाकूब हुन् जसको खोजी अहिले पनि जारी छ ।

बिहिबार भ्यानमार्फत गरिएको हमलामा मृतकको संख्या बढेर १४ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप