न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित
आइतबार, ०८ मङ्सिर २०७६, १३ : १०
एजेन्सी । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए ।
भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । स्थानीय समयानुसार आइतबार विहान ५.३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ ।
सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सवै भन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन् । सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार