शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के फेसबुक र गुगलले मानवाधिकारको साँच्चै नै उल्लंघन गरिरहेको छ ?

आइतबार, ०८ मङ्सिर २०७६, १३ : ५१
आइतबार, ०८ मङ्सिर २०७६

मानवअधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनलले गुगल र फेसबुकको बिजनेस मोडललाई मानव अधिकारका लागि खतरा बताएका छन् ।

एमनेस्टीले एक रिपोर्ट जारी गरिएको छ जसमा यी टेक कम्पनीद्वारा गरिने ‘व्यापक निगरानी’ को लागि चिन्ता व्यक्त गरिएको छ । मानवाधिकार संगठनले दाबी गरिए अनुसार यी प्लेटफर्ममा अत्यधिक मात्रामा ‘मानवाधिकारलाई क्षती पुर्याउने स्थित पैदा भइरहेको छ’ ।

फेसबुकले यो रिपोर्टमाथि असहमति जताएको छ । आफूले मानवाधिकारलाई सशक्त बनाइरहेको फेसबुकले दाबी गरेको छ । यस्तै गुगलले आफूले मानिसहरुको विश्वासको कदर गरेको र प्रयोगकर्ताको डेटाको सुरक्षाको जिम्मेवारी महसुस पनि भएको बताएको छ ।

रिपोर्टमा गुगल संसारभरी ९० प्रतिशतभन्दा बढी प्रयोग हुने सर्च इन्जिन भएको र एक–तिहाई जनसंख्या हरेक दिन फेसबुक प्रयोग गर्ने बताएको छ ।

एमनेस्टीका महासचिव कूम नायडू भन्छन्, ‘अर्बौं मानिसहरुसँग फेसबुक र गुगलको निर्धारित शर्त भएको यो पब्लिक स्पेसलाई प्रयोग गर्नेबाहेक अरु कुनै व्यावहारिक विकल्प छैन ।’

Photo: NC

के भनेको छ एमनेस्टीले ?

५८ पानाको एक रिपोर्टमा एमनेस्टीले गुगल र फेसबुकको बिजनेस मोडललाई ‘अर्बौं मानिसहरुको विश्वव्यापी निगरानी’ बताएको छ । मानवाधिकार संगठनले यी टेक कम्पनीको आधारभूत बिजनेस मोडलमा पनि ‘मौलिक परिवर्तन’ ल्याउनुपर्ने बताएको छ ।

एम्नेस्टीको अनुसार फेसबुक र गुगलले भलै आफ्नो सेवा दिएबापत् कुनै पैसा लिँदैनन् तर उपभोक्ताले आफ्नो पर्सनल डेटाको रुपमा यसको मूल्य चुकाउनुपर्छ ।

यसका लागि रिपोर्टमा क्याम्ब्रिज एनालिटिका प्रकारणको उदाहरण दिएको छ र प्रयोगकर्ताको पर्सनल डेटालाई उनीहरुविरुद्ध कसरी प्रयोग गर्न सकिन्छ भनेर प्रमाणको रुपमा पेश गरिएको छ ।

एमनेस्टीले सरकारसँग डेटाको सुरक्षा सम्बन्धि कानून बनाएर ठूला टेक कम्पनीको प्रभावकारी ढंगले नियमन गरेर यसको ‘सर्भिलान्स आधारित बिजनेस मोडल’ को अनुसन्धान गरेर सुधार गर्न अपिल गरेको छ ।

Photo: Getty image

फेसबुक र गुगलले के भन्यो ?

एमनेस्टीको दाबीमा फेसबुकले भनेको छ, ‘उसको बिजनेस मोडल विज्ञापनमा आधारित छ र हामीहरु मानिसहरुलाई आफ्नो आवाज उठाउन वा एकजुट हुन मौका दिएर मानवाधिकारलाई प्रोत्साहन दिइरहेका छौं ।’

उक्त रिपोर्टमा फेसबुकको प्राइभेसी एण्ड पब्लिक पोलिसीका डायरेक्टर स्टीव सेटरफिल्डको पक्ष पनि छापिएको छ । यसमा सेटरफिल्डले १० वटा बुँदामा आफ्नो कुरा राखेका छन् ।

उनी भन्छन्, ‘हामी पूरा सम्मानका साथ हाम्रो काम मानवाधिकारको सिद्धान्त अनुरुप छैन भन्ने तपाईंको यो निष्कर्षसँग असहमत छौं ।’

यसबाहेक टेक्नोलोजी कभर गर्ने वेबसाइट एनग्याजेटले फेसबुकका प्रवक्ताको भनाई उद्धृत गर्दै लेखेको छ, ‘हामी एमनेस्टी इन्टरनेशनलको रिपोर्टसँग असहमत छौं । फेसबुकले गोपनियताको रक्षा गर्दै संसारभरीका मानिसहरुलाई जोड्छ । कम विकसित देशमा फ्री बेसिक्स जस्ता टुल्सको माध्यमले यस्तो गरिरहेका छौं । हाम्रो बिजनेस मोडल एमनेस्टी इन्टरनेशनलको जस्तै फेसबुकमा विज्ञापन चलाएर आफ्नो समर्थकसम्म पुग्नु, चन्दा जम्मा गर्ने हो र आफ्नो मिशनलाई अघि बढाउने समूह हो ।’

उता गुगलले उनीहरुले आफ्नो प्रयोगकर्ताको गोपनियताको रक्षा गर्ने र यो दिशामा अझै पनि काम गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप