केन्द्रीय संस्करण

बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवा पक्राउ

person explore access_timeमंसिर ८, २०७६ chat_bubble_outline1

बुटवल ।  बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने युवालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिलका–१ पकडीको सिसौबारीमा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको थियो । 

प्रहरीका अनुसार बलात्कार गर्ने युवाहरुले नै उक्त भिडियो सामाजिक सञ्जालमा राखेका थिए । सोही घटनाका मुख्य अभियुक्त मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले फरार कलामुद्दिन मुसलमानलाई सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको जानकारी दिए । 

घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यसअघि नै पक्राउ परेका थिए । 

बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Nov. 28, 2019, 11:25 a.m. Shankar ratoki
    मेरो बिचारमा यस्तो व्यक्तीलाई उमेर कैदको सजाय होस महोदय किनकी आउने दिनहरूमा यसरी कसैले अरुको जिन्दगीसंग खेलवाड गर्न नसकुन धयबाद। -शंकर रतोकी ठेगाना घो.न.पा.४ कैलाली
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.