शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा प्रहरीलाई छक्याउँदै विप्लव निकटका विद्यार्थीको जुलुस

आइतबार, ०८ मङ्सिर २०७६, १४ : ४५
आइतबार, ०८ मङ्सिर २०७६

बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आइतबार रुपन्देहीको बुटवलमा प्रहरीलाई छक्याउँदै जुलुस निकालेका छन् । भारतले नेपाली भूभाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा विद्यार्थीले जुलुस निकाका हुन् ।

जुलुसमा सहभागी विद्यार्थीहरुले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सेना नेपाली भूमि छोड लगायतका नारा लगाएका थिए । अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बुटवलको योगीकुटी, कालिकानगर, देवीनगर,  मिलनचोक, नयाँबसपार्क, गोलपार्कबाट एकैसाथ जुलुस निकालिएको थियो ।

बुटवलका विभिन्न शैक्षिक संस्था तथा कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको जुलुसलाई नियन्त्रण गर्न प्रहरीले कालिकानगर, चौराहा, मिलनचोक, गोलपार्कमा प्रयास गरे पनि सफल हुन सकेन ।

प्रहरीले जुलुसलाई रोक्न खोज्दा विद्यार्थीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनाी क्षेत्रीय समन्वय समितिका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र बिकले नेपाली भूमि फिर्ताका लागि आन्दोलन जारी राख्ने बताए । नेपाली भूमि मिचेर भारतले बनाएको नक्कली नक्सा नसच्याउँदासम्म आन्दोलन निरन्तर अगाडि बढाइने विद्यार्थी नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप