बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दुलही झैँ सिँगारिँदै दशरथ रङ्गशाला, सागको उद्घाटन भव्य हुने

सोमबार, ०९ मङ्सिर २०७६, १० : २५
सोमबार, ०९ मङ्सिर २०७६

२० बर्षपछि नेपालले आयोजना गर्न लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्र भब्य हुने भएको छ । दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् ।

तीनघण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालले आफ्नो देशको सबै कला प्रस्तुत गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताए । ‘सागको उद्घाटन भब्य हुनेछ । उट्घाटन सत्रलाई सफल बनाउन कुनै कसर बाँकी राखिने छैन । संघीय नेपालको सातवटै प्रदेशको कला, संस्कृति र विविधतालाई उद्घाटन सत्रमा देखाईने छ । १५ हजार कलाकारले दशरथ रंगशालामा गित संगित सहितको विशेष प्रस्तुती दिनेछन्,’ सिलवालले भने ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष मन्तब्य राख्ने बताईएको छ । उद्घाटन सत्रमा सागमा सहभागी सातै देशका खेलाडी र पदाधिकारीले मार्चपास गर्नेछन् । उद्घाटनमा सात राष्ट्रका सरकारका विशेष प्रतिनिधि र खेल सम्बद्ध पदाधिकारीको समेत उपस्थिति रहनेछ । नेपालको दशरथ रंगशालामा यसअघि सन् १९८४ को पहिलो र सन् १९९९ को आठौं संस्करणको साग भब्य रुपमा उद्घाटन भएको थियो । त्यतिवेला स्वर्गीय राजा विरेन्द्र विरबिक्रम शाहले सागको उद्घाटन गरेका थिए ।

रातारात संरचना बन्दै

साग खेलकुदको मुख्य आकर्षणको केन्द्र दशरथ रंगशाला अहिले दुलही झै सिंगारिने काम भएको छ । अघिल्ला दिन धुरोमैलो देखिने सडक र भित्ता रातारात पिच सहित रंगरोगन गरी चिटिक्क पारिएको छ । साधारण प्यारापिटमा बत्ती राखेर झिलिमिली पारिएको छ ।  कतिपय संरचना धमाधम निर्माण भईरहेका छन् ।  साधारण प्यारापिटमा छानो सहित निर्माण सकेर कुर्सी विछ्याईएको छ । दशरथ रंगशालाको मैदान, सिन्थेटिक ट्रर्याक, स्कोर बोर्ड, चेन्जिङ रुम, शौचालय लगायत संरचना निर्माण सम्पन्न भइसकेको छ ।

अहिले मुख्य चासोको रूपमा भीआईपी प्यारापिट रहेको छ । भिआईपी प्यारापिटमा छानो हाल्ने र कुर्सी बिछ्याउने काम धमाधम भइरहेको छ । दुई तीन दिनमा भिआईपी प्यारापिटमा छानो जडान सहित सबै काम पूरा भईसक्ने राखेपले जनाएको छ । भिआईपी प्यारापिटमा छानो लगाउने काम चिनिया प्राविधिकले गरेका छन् । सागका खेलहरु सुरु हुनु अघिनै सबै संरचनाको निर्माण कार्यले पूर्णता पाउने पनि राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले बताए ।

यसैगरी सागका लागि अर्को विशेष महत्वको रुपमा रहेको सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीको निर्माण कार्य पूरा हुनेमा भने शंक उब्जिएको छ । पौडी निर्माणको काम धमाधम भइरहेको छ । पोखरीमा भर्खर टायल विछ्याउने काम भईरहेको छ । १३औं राष्ट्रिय खेलकुद प्राविधिक समितिका संयोजक गंगाबहादुर थापाले सागअघिनै निर्माण कम्पनीले पौडी पोखरी सम्पन्न गरिसक्ने बताए । काठमाडौं, पोखरा र जनकपुरका हुने साग गेममा २६ खेल समावेश गरिएको छ । उद्घाटन अघिनै भलिबल खेल मंसिर ११ गतेदेखि काठमाडौंमा सुरु हुनेछ ।

कुन खेल कहाँ र कहिले? 

आर्चरी – पोखरा, मंसिर १९ देखि २३ गतेसम्म

एथलेटिक्स – दशरथ रंगशाला, १७ देखि २१

बास्केटबल – राखेप कभर्डहल, १९ देखि २४

ब्याडमिन्टन –पोखरा, मंसिर १५ देखि २०

बक्सिङ – सातदोवाटो, २० देखि २४

पुरुष क्रिकेट – कीर्तपुर, १७ देखि २४

महिला क्रिकेट – पोखरा, १६ देखि २३

साइक्लिङ –गोकर्ण, १७ देखि २१

फेन्सिङ – कीर्तिपुर, २० देखि २३

पुरुष फुटबल – दशरथ रंगशाला, १६ देखि २४

महिला फुटबल – पोखरा, १७ देखि २४

गल्फ – गोकर्ण, १६ देखि २०

ह्यान्डबल– पोखरा, १८ देखि २३

जुडो – लगनखेल, २१ देखि २४

कबड्डी –हल्चोक, १८ देखि २३

कराँते – सातदोवाटो, १५ देखि १८

खोखो –कीर्तिपुर, १५ देखि १८

सुटिङ – सातदोवाटो, १७ देखि २२

स्क्वास – सातदोवाटो, २० देखि २४

पौडी – सातदोवाटो, १९ देखि २३

तेक्वान्दो – सातदोवाटो, १६ देखि १९

टेबलटेनिस – लैनचौर, १६ देखि २०

टेनिस – सातदोवाटो, १६ देखि २३      

ट्रायथलन – पोखरा, १६ देखि १८

भलिबल – राखेप कभर्डहल, ११ देखि १७

बीच भलिबल – पोखरा, १९ देखि २२

भारोत्तलन – पोखरा, १९ देखि २२

उसु – लगनखेल, १६ देखि १९

कुस्ती – जनकपुर, २० देखि २३

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप