शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुरमा ४ नेपाली सम्मानित

सोमबार, ०९ मङ्सिर २०७६, ११ : ५०
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । सिंगापुरमा हालै सम्पन्न छैठौ ‘अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९’ मा ४ नेपाली सम्मानित भएका छन् ।

३० राष्ट्रका बिभिन्न २५ बिधामा नेमिनिज ४ सय पुरुष सहभागी अवार्डमा  नेपालका कोरियोग्राफर आस्विनी कान्त झा र पेजेण्ट निर्देशक निशु कान्त झा सम्मानित भएका छन् । 

सिंगापुरको आर्किड कन्ट्री क्लबमा आयोजित कार्यक्रममा आस्विनी र निशुलाई सौदर्य प्रतियोगिता र मोडलिङमा पुर्याएको योगदानको आधारमा यो अवार्ड प्रदान गरिएको थियो । 

आस्विनी र निशुलाई उक्त अवार्ड कार्यक्रममका प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजले प्रदान गरेका थिए ।

त्यस्तै २० देशबाट करिव २५० महिला सहभागी अर्काे अवार्ड ‘लेडी अफ एक्सिलेन्स अवार्ड २०१९’ ब्यबासयी तथा मोडल एलिजा महर्जन र डान्स कोरियोग्राफर सावित्री खत्री हात पारेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप