मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रानी मुखर्जी र रणवीर सिंह एउटै कुर्ता सुरुवालमा देखिएपछि...

सोमबार, ०९ मङ्सिर २०७६, १२ : २४
सोमबार, ०९ मङ्सिर २०७६

रणवीर सिंहको बोल्ड फेशन स्टेटमेन्ट धेरैजसो चर्चाको केन्द्रमा हुने गर्छ । उनी कार्यक्रममा निकै अचम्मका पहिरन लगाइरहेको देख्न सकिन्छ जसको धेरैले चर्चा गरिरहेका हुन्छन् । रणवीर धेरैका लागि फेसन आइकन हुन् । रानी मुखर्जीको हालैको तस्बिर हेर्दा उनले पनि रणवीर सिंहलाई कपी गरिरहेको जस्तो भान हुन्छ । सोशल मिडियामा रणवीर सिंह र रानी मुखर्जीको कोलाज तस्बिर बनाएर दुबैले लगाएको पहिरनको निकै चर्चा भइरहेको छ ।

हालै, रणवीर सिंह र दीपिका पादुकोणले आफ्नो विवाहको पहिलो वर्षगाँठ मनाएका थिए । यसका लागि यी दुई तिरुपती बालाजी र अमृतसरमा गएका थिए । त्यतिबेला रणवीर आफ्नो ट्रेडिशनल लुकका लागि निकै चर्चामा आएका थिए । यतिबेला उनले फ्लोरल प्रिन्ट कपर कलर्ड मेटालिक कुर्था र सुरुवाल लगाएका थिए । यसका साथै उनले यो लुकलाई पूरा गर्नका लागि म्याचिङ नेहरु ज्याकेट पनि लगाएका थिए ।

अब उनको यो लुक पहिलेको भन्दा पनि चर्चित भएको छ । वास्तवमा रानी मुखर्जी रणवीरको जस्तै पहिरन लगाएको देखिएपछि यो थप चर्चित भएको हो । यी दुईको पहिरन दाँजेर तस्बिर पोष्ट गरिएका छन् । यी दुईको पहिरन लगभग उस्तै उस्तै छ ।

रानी मुखर्जी कोलकातामा आफ्नो फिल्म ‘मर्दानी टु’ को प्रोमोशनका लागि आयोजित कार्यक्रममा जाँदा उक्त पहिरन लगाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप