बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा एक किलो सुनसहित २ जना पक्राउ

सोमबार, ०९ मङ्सिर २०७६, १५ : ३०
सोमबार, ०९ मङ्सिर २०७६

रसुवा । गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन आज रसुवा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको हो ।

सुन टुक्रा टुक्रा भएका कारण नेपाल बैंकको सुन जाँचकीबाट परिमाण यकिन गराई कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख ढकालले जानकारी दिए । रसुवागढी नाकाबाट अवैध कारोवार रोक्न नेपाल प्रहरी सक्रिय रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप