शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धोकाभन्दा बढी खतरनाक हुन्छन् तपाईंका पार्टनरका यी ६ बानी

सोमबार, ०९ मङ्सिर २०७६, १७ : ४६
सोमबार, ०९ मङ्सिर २०७६

जब तपाईं सम्बन्धमा हुनुहुन्छ तपाईंहरु बीचको विश्वास नै सबैभन्दा ठूलो शक्ति हुन्छ जसले सम्बन्धलाई सधैं जीवन्त राख्न सहयोग गर्दछ । तर कहिलेकाँही हामी सम्बन्धमा रहँदा यस्ता काम गर्छौं जुन पार्टनरलाई धोका दिनुभन्दा पनि खतरनाक हुन्छ ।

१. झुटो बोल्नुः

हामीले वाल्यकालदेखि नै सिक्दै आएका छौं – झुटो कुराको आयु लामो हुँदैन । तर पनि हामी आफ्ना पार्टनरसँग स–साना कुरामा झुटो बोल्छौं । तर तपाईंले यसबारे बच्नुपर्छ अझ विशेषगरी तपाईंको सम्बन्ध नयाँ छ भने । किनभने सम्बन्धको सुरुवात नै झुटबाट भयो भने त्यसमा जीवनको कुनै आनन्द हुँदैन ।

२. आफ्नो सुविधाका लागि सम्बन्धमा रहनुः

तपाईंको सम्बन्ध सधैं एउटै स्तर र गतीको हुनुपर्छ भन्ने छैन । समय सँगै, एक अर्कालाई राम्रोसँग बुझ्ने क्रममा कुनै बेला तपाईंहरु बीच मतभेद उत्पन्न हुनसक्ला वा एक अर्कासँग असहजको स्थिती पनि सामना गर्नुपर्छ । कहिले काँही समाजले के भन्लान् भन्दै एक अर्कासँग भित्रभित्रै झगडा गरेपनि बाहिर भने राम्रो देखाउन चाहनुहुन्छ । तर यसरी आफ्नो सुविधाका लागि सम्बन्धलाई तन्काउनुको साटो एकअर्कासँग छुट्टीएर बस्नु नै राम्रो हुन्छ । यसो गर्दा दुबैको दुःख कम हुन्छ ।

३. कुरा नगर्नुः

धेरैजसो जोडीले तिललाई पहाड बनाइरहेका हुन्छन् । सम्बन्धमा यस्ता कुराहरुले महत्वपूर्ण स्थान ओगटेका हुन्छ । तपाईं आपसमा झगडा गर्नुहुन्छ वा कुनै अन्य कारणले तपाईंको सम्बन्ध खराब भइरहेको छ, यसबारे  कुराकानी गरेर समाधान निकाल्न सक्नुहुन्छ । कुराकानी गर्दा जस्तो सुकै ठूलो समस्याको पनि समाधान हुन्छ ।

४. स्वार्थी हुनुः

सम्बन्धलाई राम्रो बनाइराख्ने सबैभन्दा महत्वपूर्ण कुरा समानताको भाव हो । यदि तपाईं सम्बन्धमा रहँदा आफ्नो मात्रै खुसी र इच्छा हेर्नुहुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई सधैं दुःखी बनाइरहेको हुनुहुनेछ । त्यसकारण तपाईंले आाफ्नो स्वार्थीपनलाई सम्बन्धको बीचमा ल्याउनु हुँदैन । तपाईंले आफ्नो पार्टनरको कुरा, इच्छालाई बुझ्नुपर्छ र समानताको भाव राख्नुपर्छ ।

यदि तपाईं सेक्स गरिरहनु भएको छ भने आफ्नो सुख मात्र नहेर्नुहोस् । पार्टनरको सुख र इच्छालाई पनि ध्यानमा राख्नुहोस् । यसो गर्दा तपाईंको प्रेम थप प्रगाढ हुन्छ ।

५. विश्वास नगर्दाः

हामी आफ्नो पार्टनरका लागि निकै पोजेसिव हुन्छौं । उनीहरुको व्यवहारमा निगरानी पनि राख्छौं तर सम्बन्धको आधार विश्वास हो भनेर बिर्सन्छौं । यदि तपाईंलाई आफ्नो पार्टनरले धोका दिइरहेको छ भन्ने लागिरहेको छ भने पार्टनरको मूड हेरेर शान्तिसँग उनीसँग कुरा गर्न सक्नुहुन्छ । कुरा नै नगरी शंका गरेर आफ्नो विश्वास नतोड्नुहोस् ।

६. सम्मान नगर्नुः

यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने नबिर्सिनुहोस् कि तपाईंको पार्टनर पनि त्यही सम्मानको हकदार हुनुहुन्छ जुन तपाईं उहाँबाट चाहनुहुन्छ । आफ्नो पार्टनरलाई सम्मान नगर्नु उनीहरुलाई धोका दिनुभन्दा खराब हो । महिला–पुरुष दुबैको आ–आफ्नै व्यक्तित्व हुन्छ । त्यसकारण दुबैले सम्बन्धमा रहँदा आफ्नो साथीलाई बराबरीको अधिकार दिँदै उस्तै सम्मान दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप