शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नापी कार्यालय साँखुबाट घुस लिने र दिने दुबै समातिए

सोमबार, ०९ मङ्सिर २०७६, १९ : १२
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् । 

 सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको  ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए । यस्तै घुस दिने कार्यमा संलग्न कार्की पनि पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ४ हजार घुस लिने दिने दुबै जनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप