बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकार काण्डैकाण्डमा फस्यो  : महर

सोमबार, ०९ मङ्सिर २०७६, २१ : ०६
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमा अध्यक्ष नैनसिंह महरले केपी शर्मा ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाततर्फ उन्मुख भएको  आरोप लगाएका छन् ।

सोमबार पार्टीले प्रदेश नम्बर १ को सुनसरीको धरानमा आयोजित  चुनावीसभामा महरले  भने, ‘ चुनावका बेला राष्ट्रवादको नक्कली हौवा फैलाएर सत्तासिन भएका केपी ओली आज राष्ट्रियताजस्तो संवेदनशील मुद्धामा भारतसँग शिर झुकाएर कठपुतली बनेको छ ।’

जनता साथमा हुँदा पनि सरकारले भारतसँग कुटनीतिक पहल गर्न उदासीनता देखाएको उनले बताए । कम्युनिष्ट सरकार निर्मला हत्याकाण्ड, सुनकाण्ड, सिण्डिकेटकाण्ड लगायत सयौं काण्डैकाण्डमा फसेको महरको आरोप  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप