बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको गोकर्णेश्वरमा सवारी दुर्घटना,  १ जनाको मृत्यु

सोमबार, ०९ मङ्सिर २०७६, २३ : ०२
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौं । गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा३क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप