बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानलाई स्टारडम दिलाउने एक गुमनाम हिरोको कहानी

मङ्गलबार, १० मङ्सिर २०७६, ०९ : ०७
मङ्गलबार, १० मङ्सिर २०७६

सलमान खानको नाम एक सुपरस्टारको रुपमा सुचिकृत भइसकेको छ । उनी आज सफलताको पर्याय बनिसकेका छन् भन्दा गलत हुँदैन । यहाँसम्म पुग्नका लागि उनले अत्यधिक मेहनत गर्नुपर्यो । तर सलमानले जुन स्टारडम पाए त्यसमा एक व्यक्तिको ठूलो हात छ भन्ने कुरा के तपाईंलाई थाहा छ ?

उनी हुन् बलिउका चर्चित नायक युसुफ खानका छोरा फराज खान जो आ एक गुमनाम जीवन बाँचिरहेका छन् ।

तपाईंले सोचिरहनुभएको होला कि फराज खानले कसरी सलमान खानलाई स्टारडम दिलाउन सहयोग गरे होलान् ? वास्तवमा सलमानको डेब्यू फिल्म फ्लप भएको थियो त्यसपछि उनी फिल्मको खोजीमा थिए । त्यतिबेला सुरज बडजात्या ‘मेने प्यार किया’ बनाउने तयारीमा थिए । यो फिल्मका लागि फराज खानलाई मुख्य भूमिकामा साइन गरिएको थियो ।

फराज खान सुटिङ सुरु गर्नेबेला अचानक बिरामी भए । बडजात्या आफ्नो फिल्म रोक्न सक्दैनथे त्यसकारण उनले फिमेल लिडका लागि शबिना दत्तको अडिशन गरेका थिए । तर उनी फेल भइन् । पछि उनले शबिनालाई लिड एक्टरका लागि कुनै हिरोको नाम सुझाउन सक्छिन् भनेर सोधे ।

शबिनाले एक विज्ञापनमा सलमानसँग काम गरिसकेकी थिइन् त्यसकारण उनले बडजात्यालाई सलमानको नाम सुझाइन् । बडजात्या राजी भए । तर सलमान यो फिल्ममा अभिनय गर्न चाहँदैनथे । उनलाई यो फिल्म निकै नरम लागिरहेको थियो । सुरज बडजात्याले धेरै नै सम्झाएपछि उनी अन्ततः फिल्ममा अभिनय गर्न राजी भएका थिए ।

यसरी सलमान मेने प्यार कियाको हिरो बने । फिल्म ब्लकबस्टर रह्यो र सलमान रातारात स्टार बने । त्यसपछि उनलाई थुप्रै फिल्मको अफर आउन थाल्यो र बडजात्याले पनि उनीसँग थुप्रै फिल्म बनाए ।

यस्तै फराज खानले पछि ‘मेहेन्दी, फरेब, दिल ने फिय याद किया, दुल्हन बनूँ मे तेरी’ जस्ता फिल्ममा काम गरे । मेहेन्दीमा उनले रानी मुखर्जीसँग काम गरे र फिल्म निकै रुचाइयो पनि । तर फराजको करियर चल्न सकेन र उनी गुमनाम भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप