शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु

मङ्गलबार, १० मङ्सिर २०७६, १० : २३
मङ्गलबार, १० मङ्सिर २०७६

आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ  किसिमको संक्रमण भएको थियो ।

उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् ।

कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका ती वृद्धलाई कुकुर र बिरालोको मुखमा हुने क्यापनोसिटोफ्यागा क्यानिमोर्सस नामक ब्याक्टेरियाका कारण संक्रमण भएको रिपोर्टमा उल्लेख छ । यो मानिसमा निकै विरलै सर्ने गर्छ ।

उक्त ब्याक्टेरिया टोकेको खण्डमा सर्ने गर्छ तर ती वृद्धालाई भने कुकुरले टोकेको थिएन ।

‘उनलाई कुकुरले छोएको र चाटेको मात्रै थियो, टोकेको थिएन,’ जर्मनीको ब्रेमेनस्थित रेडक्रस हस्पिटलका डाक्टरले प्रकाशित गरेको पत्रमा उल्लेख छ ।

सुरुमा ती व्यक्तिलाई फ्लूजस्तो लक्षण देखिएको थियो तर पछि शरीरमा रगतको धब्बा देखिने, निल डाम देखिने र छालाको रङ नै परिवर्तन हुनेलगायतका समस्या देखिन थाले ।

ती व्यक्तिको आइसियुमा राखेर उपचार गरिएको थियो तर स्वास्थ्यमा आएको निरन्तरको खराबी र विभिन्न अंगले काम गर्न छोडेपछि उनको मृत्यु भएको डाक्टरले बताएका छन् ।

‘घर पालुवा जनावरका मालिकले फ्लूजस्तो वा अन्य विचित्र खालको लक्षण देखे तत्काल डाक्टरलाई भेट्नुपर्छ,’ डाक्टरले सचेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप