शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अस्पताल भर्ना

मङ्गलबार, १० मङ्सिर २०७६, १० : २९
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्री नियमिति चेकजाँचका लागि जानुभएको थियो । चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि भर्ना गरिएको हो,’ थापाले रातोपाटीलाई भने ।

यसअघि प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलायसिस गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप