बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन जारी

मङ्गलबार, १० मङ्सिर २०७६, १२ : ३६
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ । एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन सुरु भएको छ । 

डा रमेश सिंह, दिव्यासिंहलगायतको टोलीले त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन सुरु गरेको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्कासी पेट दुख्ने समस्या देखिएपछि मंगलबार बिहान प्रधानमन्त्रीलाई अस्पताल लगिएको जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य परीक्षणपछि अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएका थिए । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप