शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डोकलाम विवादमा भारतको साथमा किन उभियो जापान ?

शनिबार, ०३ भदौ २०७४, १२ : ११
शनिबार, ०३ भदौ २०७४

प्राध्यापक मुकेश विलियम्स/ बीबीसी

डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ । जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहुने बताएको छ । जापानका धेरैजसो पत्रिकाले उक्त मुद्दालाई बलले नभई कुराकानीमार्फत सुल्झाउनुपर्ने बताएका छन् ।

जापानको ताजा दृष्टिकोणबाट यस्तो लाग्छ कि जापान भारतको पक्षमा छ तर उसको आफ्नै चिन्ता छन् ।

सेन्साकू द्वीपसमूहको विषयमा एक समय चीन र जापानबिच गहिरो तनाव पैदा भएको थियो र अहिलेसम्म पनि दुबैबिच तनाव जारी छ ।

चीन वास्तवमा सेंकाकूको विषयमा जापानसँग नभई अमेरिकासँग निहुँ खोजिरहेको थियो । तर अमेरिकाले सेंकाकूमाथि हमला भए त्यसको जवाफ अमेरिकाले दिने सम्झौता जापानसँग भएको बताएपछि चीन चुप लागेको हो ।

अमेरिकासँग भारत नजिकिएपछि रिसाएको छ चीनः

केही समय अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण गएका थिए । यस्तो लाग्छ कि अमेरिका र भारतको दोस्ती चीनलाई मन परिरहेको छैन । अमेरिकी विचारकले पनि डोकलाममा सडक बनाउँदा चीनलाई धेरै फाइदा नहुने तर भारतलाई नोक्सानी हुने बताएका छन् ।

अब चीनले यति धेरै तयारी गरिरहेको छ, ब्लड बैंकमा रगत जम्मा गरिँदै छ, ४० विमान तैनाथ गरिएका छन् ।

यो मामलामा जापानले भारतको साथ त दिनेछ तर कुन हदसम्म, त्यो भन्न सकिन्नँ ।

१३ र १५ सेप्टेम्बरमा जापानका प्रधानमन्त्री शिन्जो आबे भारत भ्रमणमा जानेछन् र संयुक्त सैन्य अभ्यास पनि हुनेछ । यसबाट यो अनुमान लगाउन सकिन्छ कि जापानले हिन्दुस्तानलाई डोकलाममा समर्थन गर्नेछ । तर यसबारे कुनै आँकलन गर्नु हतार हुनेछ ।

चीनको भारत र जापानसँग आर्थिक सम्बन्ध छ । यस्तो तनावको स्थितीमा पनि यो सम्बन्ध कायम छ । न त भारत सरकारले चीनको लगानी रोकेको छ न नै जापानले । जब आर्थिक व्यवस्था जारी छ, युद्ध भएछ भने पनि निकै सिमित हुनेछ ।  आर्थिक पक्षले निकै बलियो स्थान ओगटेको हुन्छ । जहाँ लडाईं हुने निश्चित हुन्छ त्यहाँ आर्थिक विनिमय पूर्ण रुपमा रोकिएको हुन्छ ।

युद्ध भए भारतले एक्लै लड्नुपर्छः

जुन देशको दक्षिण चीन सागरको विषयमा चीनसँग विवाद छ, के उनीहरुले भारतको साथ दिनेछन् ?

उनीहरुको बयानको आशा गर्न सकिएपनि कुन हदसम्म सहयोग पाइन्छ त्यो भने यकिनका साथ भन्न सकिन्न । यदि भारतको लडाईं भयो भने एक्लै लड्नुपर्छ ।

राजनयिक स्तरमा भारतको स्थिती राम्रो छ । चीनमा मानिसहरु भारत विरुद्ध भएपनि अन्य देशका मानिसहरु भारतको पक्षमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप