शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एपेन्डिसाइटिसको अप्रेसनपछि यी कुरामा विशेष ध्यान दिनुपर्छ

मङ्गलबार, १० मङ्सिर २०७६, १५ : २३
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ । एपेन्डिसाइटिस रोगको समयमा अप्रेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने खतरा हुन्छ । साथै मुटु, मिर्गौलालगायतका रोगको समस्या भएका बिरामीको हकमा यो समस्या थप जटिल हुने चिकित्सकहरु बताउँछन् । 

 एपेन्डिसाइटिसको उपचार सक्दो छिटो गर्नुपर्ने सर्जन डा. अनिरा वैद्यको बताउँछिन् । उनका अनुसार मिर्गाैला सम्बन्धी समस्या भएको व्यक्तिमा एपेन्डिसाइटिस हुँदा पूर्ण रुपमा बेहोस बनाउँने भन्दा पनि अपरेशन गर्ने भागलाई मात्रै लाटो बनाएर अपरेशन गर्दा सुरक्षित मानिन्छ । 

मिर्गाैला सम्बन्धी समस्या भएका र अपरेशनले थप समस्या निम्त्याउन सक्ने सम्भावना भएका बिरामीको हकमा भने औषधिको माध्ययमबाट एपेन्डिसाइटिसको उपचार गर्न सकिने डा. वैद्य बताउँछिन् ।  वीर अस्पतालमा आउँने मिर्गाैलासँगै एपेन्डिसाइटिस भएको बिरामीको हकमा पनि यही प्रविधिबाट उपचार भईरहेको छ ।   

सामान्य खालको एपेन्डिसाइटिस हो भने अपरेशन गरेको ६ घण्टामा कालो चिया र बिस्तारै दाल र जाउलो खान मिल्छ । अहिले यही समस्याको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओली–जसको मिर्गाैलामा समेत समस्या भएका कारण सामान्य व्यक्तिले भन्दा बढीनै ध्यान दिनुपर्ने उनको भनाई छ । सामान्य भन्दा सामान्य संक्रमणले भेट्ने हुँदा भेटघाटलाई कम गर्नुपर्ने उनको भनाइ छ । 

‘मिर्गाैला सम्बन्धी समस्या भएको व्यक्तिले एपेन्डिसाइटिसको अपरेशन गर्दा धेरै मात्रामा एन्टिबायोटिक प्रयोग नगर्दानै राम्रो हुन्छ, अन्य संक्रमणबाट बच्नको लागि भेटघाटलाई कम अथवा बन्दनै गर्दा राम्रो हुन्छ,’ उनले भनिन् । स्पाइनलमा एपेन्डिसाइटिस भएको हो भने मिर्गाैला बिरामीको हकमा पनि खासै समस्या नहुने डा. वैद्य बताउँछिन् ।     


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप