शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अङ्ग्रेजी भाषालाई मजबुत बनाउन अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक

मङ्गलबार, १० मङ्सिर २०७६, १५ : ५६
मङ्गलबार, १० मङ्सिर २०७६

ललितपुर– कक्षा एक देखि कक्षा आठ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यवहारिक तथा अन्तरकृयात्मक विधिबाट थप मजबुत बनाउने उद्देश्य सहित अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक बिमोचन भएको छ । त्यसैगरी, एक दिवसिय शिक्षण तालिम पनि ललितपुर स्थित सेन्ट जेभियर्स स्कुल जाउलाखेलमा सम्पन्न भएको छ । 

कार्यक्रममा डी.ए.भी.विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरका प्रिन्सिपल फादर जर्ज एम.पी., एस.जे लगाएत काठमाडौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका प्रिन्सीपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उलेख्य सहभागिता थियो । 

अक्सफोर्ड न्यू पाथ–फाइन्डरः एन इन्टरएक्टिभ कोर्ष इन इङ्गलिस नामको पुस्तक कक्षा एक देखि कक्षा आठसम्म प्रकाशित गरिएको छ । यस पुस्तकको लेखक गायत्री खन्ना  हुन र उनी अक्सफोर्ड युनिभर्सिटी प्रेससँग आबद्ध छिन् । 

उक्त एक दिवसिय शिक्षण तालिमको प्रमुख व्यक्ति खन्ना थिइन् । उनी अक्सफोर्ड युनिभर्सिटीका अलावा सी.वी.एस.ई. वोर्ड र एन.सी.ई.आर.टी.का प्रकाशनहरूको जिम्मेवारी सम्हालेकी छिन् । त्यसैगरी उनी एक चर्चित प्रशिक्षक पनि हुन । उनको करियर शिक्षिकाबाट सुरू भएको थियो । पुस्तक बिमोचन लगत्तै तालिम सुरू भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप