बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका ५ हिट अभिनेत्री, जसका डेब्यु फिल्म भए फ्लप

मङ्गलबार, १० मङ्सिर २०७६, १७ : ०१
मङ्गलबार, १० मङ्सिर २०७६

मुम्बई । भनिन्छ, सफलताका लागि असफलताको सामना पनि गर्नुपर्छ । अनिमात्र सफलता चुम्न सकिन्छ । बलिउडका केही हिट अभिनेत्रीको हकमा यो मिलेको पनि देखिन्छ । आज बलिउडका ती ५ अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जुन अभिनेत्रीको डेब्यु फ्लप फिल्मबाट भएको छ । तर आज उनीहरु हिट अभिनेत्रीको रुपमा चिनिन्छन् ।

कट्रीना कैफ :
कट्रीना अहिले बलिउडकी हिट अभिनेत्री मध्यकी एक हुन् । उनले अभिनय करियरमा थुप्रै फिल्म हिट दिएकी छन् । तर अभिनयको सुरुवात उनको फ्लप फिल्म ‘बुम’ बाट भएको थियो ।

माधुरी दीक्षित :
बलिउडकी धक् धक् गर्ल माधुरी आफ्नो जमानाको टप अभिनेत्री हुन् । १९८४ मा फिल्म ‘अबोध’ बाट उनले अभिनयमा डेब्यु गरेकी थिइन् । जो बक्स अफिसमा फ्लप सावित भयो ।

करिना कपुर :
करिना बलिउडकी अहिले पनि हिट अभिनेत्री हुन् । उनले विवाहपछि पनि हिट फिल्म दिइरहेकी छन् । करिनाले फिल्म ‘रिफ्युजी’ बाट फिल्म डेब्यु गरेकी हुन् । जुन फ्लप भएको थियो ।

ऐश्वर्या राय बच्चन :

ऐश्वर्याले अभिनय करियरमा कयौं ब्ल्कबस्टर फिल्म दिएकी छन् । उनको डेब्यु फिल्म भने असफल भएको थियो । उनले ‘और प्यार हो गया’बाट अभिनयको सुरुवात गरेकी हुन् ।

काजोल :
काजोल एक समयकी हिट अभिनेत्री हुन् । थुप्रै हिट फिल्म दिएकी काजोलको डेब्यु फिल्म ‘बेखुदी’ हो । जुन फिल्म बक्अफिसमा फ्लप फिल्मको सूचिमा रहेको छ । 
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप