शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जिप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

मङ्गलबार, १० मङ्सिर २०७६, २२ : २०
मङ्गलबार, १० मङ्सिर २०७६

गुल्मी । गुल्मीमा जिप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकको बुटिस गैरामा रिडिबाट ठुलोलुम्पेक तर्फ जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटना भएको हो ।  

दुर्घटनामा सत्यवती गाउँपालिका वडा नम्बर ३ सिङदीकी ६८ वर्षीय ललितादेवि सिंजालीको घटना स्थलमै मृत्यु भएको र २३ वर्षका साजन राहादी, २२ वर्षका देव बहादुर विक, ७ बर्षका विरेन्द्र सिंजाली, पाल्पा घर बताउने २३ वर्षका अनिल विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

ठुलोलुम्पेक तर्फ जाँदै जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए ।  दुर्घटनामा परेका घाइतेहरुको उपचारका लागि पाल्पा पठाईएको प्रहरी नायब उपरीक्षक घलेले बताए । जिप चालक कपिल बिक सम्पर्कमा नआएको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको छ । दुर्घटना के कारणले भएको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीलेजनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप