बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लागु औषधसहित युवक पक्राउ

बुधबार, ११ मङ्सिर २०७६, ०७ : २९
बुधबार, ११ मङ्सिर २०७६

निकेश खनाल

बर्दिवास । बर्दिवास प्रहरीले महोत्तरीको बर्दिवासबाट मंगलबार साँझ लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सखुवानकार कटी गाउँ पालिका ५ घर भएका मोहम्मद सजिम अन्सारी रहेका छन् ।

अन्सारी मंगलबार बेलुका बर्दिवास सिन्धुली सडक खण्डको बिपी राजमार्गको बर्दिवास चोकमा कालो रंगको झोला बोकी हिँड्दै गरेको अवस्थामा शंका लागेर खान तलासी गर्दा पक्राउ परेको बर्दिवास प्रहरीले जनाएको छ ।

अन्सारीको झोलाबाट प्रहरीले नाईट्रोभेट १० लेखिएको २ सय ४० पिस, फेनेरगन ईन्जेक्सन ३ सय एम्पुल, नोफेने ईनजेक्सन २ सय ८८ एम्पुल, डाईजेपम २ सय ९६ एम्पुल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप