शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीसँग रोकियो रियल, हजार्ड घाइते

बुधबार, ११ मङ्सिर २०७६, ०७ : ३६
बुधबार, ११ मङ्सिर २०७६

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच मङ्गलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको रोमाञ्चक खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० गोलले पछि परेको पीएसजीले ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्न सफल भएको हो ।

खेलको १७ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको दोस्रो हाफको ७९ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए ।

तर, लगत्तै डिफेन्सको गल्तीको फाइदा उठाउँदै काइलियान एम्बाप्पेले पीएसजीका लागि गोल फर्काए । त्यसको दुई मिनेटपछि पाबलो साराबियाले बराबरी गोल फर्काए ।

खेलमा चोटग्रस्त हुँदै एडिन हजार्ड बाहिरिएपछि मैदान प्रवेश गरेका गेराथ बेलले इन्जुरी समयमा फ्रिकिकमार्फत रियललाई जीत दिलाउने मौका पाएका थिए । तर, उनको प्रहार पोष्टमा लाग्न पुगेको थियो ।

गत मार्चमा म्यानेजरका रुपमा जिनेदिन जिदान फर्किएपछि रियलको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो । पीएसजीका गोलकिपर केयलर नाभासले रियलका १० वटा प्रहारलाई रोकेका थिए ।

खेलमा केही विवादास्पद निर्णयसमेत भएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले रातोकार्ड पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएका थिए ।

समूह ए कै अन्य खेलमा क्लब ब्रगस र गलातासारेले १–१ को बराबरी खेलेपछि पीएसजी र रियल दुवै क्रमशः समूह विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप