बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ः कर्मचारीद्वारा नमूना मतदान

बुधबार, ११ मङ्सिर २०७६, १३ : ४७
बुधबार, ११ मङ्सिर २०७६

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा खटिएकाले नमूना मतदानको आयोजना गरेका छन् । सो गाउँपालिकामा आगामी मङ्सिर १४ गते हुने उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीद्वारा नमूना मतदानको आयोजना गरिएको छ ।

गाउँपालिकामा रहेका पाँचवटै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रियाका बारेमा तालीमका साथै नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।

यसरी मतदान अधिकृत र सहायक मतदान अधिकृत मतदान प्रक्रियामा स्पष्ट भएपछि मतदातालाई पनि सोहीअनुसार मतदान गराएर बदर मत घटाउन निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने तालीम दिएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए । 

कर्मचारीले निर्वाचन सामग्री बुझे

खार्पुनाथको उपनिवार्चनका लागि खटिएका कर्मचारीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री बुझेका छन् । मतदानका लागि आवश्यक पर्ने ६४ प्रकारका निवाचन सामग्री पाँचवटै मतदान अधिकृतले बुझेको जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।
 
निर्वाचन सामग्रीमा सियो धागोदेखि सेतो कागज हुँदै मतपत्रसम्मका सामान रहेका छन् । खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँचवटै मतदान केन्द्रमा मतदान सम्पन्न गराउनका लागि एक जना अधिकृत, एक जना सहायक मतदान कर्मचारी, एकजना सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी २५ कर्मचारी खटाइएको छ ।

वडा नम्बर १ को मालिका मावि मतदान केन्द्र लालीमा मतदान अधिकृत रामसुरत पाल, सहायक मतदान अधिकृत लक्ष्मी अधिकारी, वडा २ को शङ्कर आधारभूत विद्यालय मतदान केन्द्र थालीमा मतदान अधिकृत उदयकान्त अधिकारी, सहायक मतदान अधिकृत दानबहादुर रावत, वडा ३ को हुम्ला मावि राया मतदान केन्द्र रायामा मतदान अधिकृत रामबहादुर विष्ट, सहायक मतदान अधिकृत विष्णुप्रसाद न्यौपाने, वडा ४ को सीता मावि मतदान केन्द्र छिप्रामा मतदान अधिकृत ज्ञानेन्द्र सिंह बुढ्थापा, सहायक मतदान अधिकृत रमाकान्त आचार्य र वडा ५ को मान्धारा मावि मतदान केन्द्र खर्पेल गाउँमा मतदान अधिकृत मदनप्रसाद जैसवाल, सहायक मतदान अधिकृत विद्याराज बुढालाई खटाइएको छ ।
  
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा उपनिर्वाचन हुने खार्पुनाथ गाउँपालिकाको पाँचवटै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न भएको र सबै मतदान केन्द्रको स्थिति सामान्य रहेको प्रजिअ भट्टराईले जानकारी दिए । खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा तीन हजार ३८७ मतदाता निर्वाचनमा सहभागी हुने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप