केन्द्रीय संस्करण

प्रचण्डलाई काँग्रेस प्रवक्ताको जवाफ : ७० कै हाराहारीका केपी प्रधानमन्त्री बन्न मिल्ने, खेमराज गुरु सांसद बन्न नमिल्ने ?

person explore access_timeमंसिर ११, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर कडा आलोचना गरेका छन् । अध्यक्ष प्रचण्डले कास्की– २ बाट उपनिर्वाचनमा उम्मेद्वारी दिएका खेमराज पौडेलप्रति संकेत गर्दै बृद्धअवस्थामा सांसद बन्ने ? भन्दै अलोचना गरेका थिए ।

प्रवक्ता शर्माले प्रचण्डको राजनीतिक उचाई र उमेरले यो अभिव्यक्ति दिनु अशोभनिय भएको बताएका छन् । पोखरामा प्रचण्डले दिएको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शर्माले भनेका छन्, ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्नचाहि किन नमिल्ने ?’ प्रचण्डले बुधबार कास्कीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका उम्मेद्वार पौडेलप्रति इङ्गित गर्दै देवघाट जाने उमेरमा सांसद बन्ने ? भन्दै  अभिव्यक्ति दिएका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Nov. 27, 2019, 3:56 p.m. रमेश
    विश्व सर तपाइपनि भावनामा वग्न थाल्नु भएछ है शेर वहादुर जीले वाेलेका कुरा किन सर्मथन याे गलत भयाे भन्न सक्न पर्थाे
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.